२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

मधेस सरकारका मन्त्री कुशवाहासहित जनमतका नेताकार्यकर्ता धान रोप्नमा व्यस्त

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

जनकपुरधाम,२८ असार । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहासहित जनमत पार्टीका नेताकार्यकर्ताहरु धान रोप्नमा व्यस्त छन् ।

विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई कार्यक्रममा सहभागि भएका हुन् ।

यसअघि जनमत पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुशवाहालाई स्थानीय कृष्ण साहले जानकारी गराएपछि उनी धान रोपाईमा सहभागि भएका हुन् ।

धान रोप्ने मुख्य समयमा कृषि मजदुर अभावका कारण रोपाईको काम हुन नसकेको उनले किसानलाई सघाउन धान रोपाई कार्यक्रममा सहभागि भएको बताए ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका विना विभागीय मन्त्री कुशवाहासहित धान रोपाई कार्यक्रममा जनमत पार्टीका सङ्घीय सांसद अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, सञ्जय स्वराजी, एनआरएमए महासचिव डा. श्याम महतो लगायत जनमत पार्टीको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरूले १ बिगहामा धान रोपाई गरे ।

मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै उनी धान रोपाई कार्यमा सहभागि भएको बताए ।

खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड दिनुपर्ने मन्त्री कुशवाहाको धारणा छ ।

मधेस प्रदेशमा काँग्रेस र लोसपा सहभागि भएपछि मन्त्रीपरिषद् विस्तार हुँदा जसपाबाट सामाजिक विकास मन्त्री बनेकी सुरिता कुमारी साह र जनमतबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका बसन्त कुशवाहालाई पछि विभाग तोकिने गरी विना विभागी मन्त्री बनाईएको थियो ।

त्यसैगरी जसपाबाट सामाजिक विकास राज्यमन्त्री बनेका शेख अब्दुल कलाम आजाद र जनमतबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका सञ्जयकुमार यादवलाई समेत विना विभागीय बनाईएको थियो । ती मन्त्रीहरूलाई विभाग तोकिएको छैन् ।

मधेस प्रदेश सरकारका अनुसार साउन पहिलो सातामा हुने मन्त्रीपरिष्द विस्तारमा उनीहरूलाई विभाग तोकिनेछ ।उनीहरूले अहिले काम नपाउँदा आ आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]