१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

मधेस सरकारका मन्त्री कुशवाहासहित जनमतका नेताकार्यकर्ता धान रोप्नमा व्यस्त

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

जनकपुरधाम,२८ असार । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहासहित जनमत पार्टीका नेताकार्यकर्ताहरु धान रोप्नमा व्यस्त छन् ।

विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई कार्यक्रममा सहभागि भएका हुन् ।

यसअघि जनमत पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुशवाहालाई स्थानीय कृष्ण साहले जानकारी गराएपछि उनी धान रोपाईमा सहभागि भएका हुन् ।

धान रोप्ने मुख्य समयमा कृषि मजदुर अभावका कारण रोपाईको काम हुन नसकेको उनले किसानलाई सघाउन धान रोपाई कार्यक्रममा सहभागि भएको बताए ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका विना विभागीय मन्त्री कुशवाहासहित धान रोपाई कार्यक्रममा जनमत पार्टीका सङ्घीय सांसद अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, सञ्जय स्वराजी, एनआरएमए महासचिव डा. श्याम महतो लगायत जनमत पार्टीको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरूले १ बिगहामा धान रोपाई गरे ।

मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै उनी धान रोपाई कार्यमा सहभागि भएको बताए ।

खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड दिनुपर्ने मन्त्री कुशवाहाको धारणा छ ।

मधेस प्रदेशमा काँग्रेस र लोसपा सहभागि भएपछि मन्त्रीपरिषद् विस्तार हुँदा जसपाबाट सामाजिक विकास मन्त्री बनेकी सुरिता कुमारी साह र जनमतबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका बसन्त कुशवाहालाई पछि विभाग तोकिने गरी विना विभागी मन्त्री बनाईएको थियो ।

त्यसैगरी जसपाबाट सामाजिक विकास राज्यमन्त्री बनेका शेख अब्दुल कलाम आजाद र जनमतबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका सञ्जयकुमार यादवलाई समेत विना विभागीय बनाईएको थियो । ती मन्त्रीहरूलाई विभाग तोकिएको छैन् ।

मधेस प्रदेश सरकारका अनुसार साउन पहिलो सातामा हुने मन्त्रीपरिष्द विस्तारमा उनीहरूलाई विभाग तोकिनेछ ।उनीहरूले अहिले काम नपाउँदा आ आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]