१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : उद्योगमन्त्री रिजाल

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको जनाएका छन् ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भइरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नदेखेको जनाए। उनले अन्य रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको जानकारी दिए ।

‘जनकपुर चुरोट कारखाना चल्ने मैले कुनै सम्भावना देखेको छैन । अन्य रुग्ण उद्योगको विषयमा नेपाल रुग्न मेगनसाइट प्रालिलगायत बन्द तथा रुग्ण उद्योग सञ्चालन मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको छ । यो निर्णय भएअनुसार काम हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले भने ।

उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा सरकारले गरेको निर्णयअनुसार काम हुने विश्वास दिलाउने जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]