१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : उद्योगमन्त्री रिजाल

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको जनाएका छन् ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भइरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नदेखेको जनाए। उनले अन्य रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको जानकारी दिए ।

‘जनकपुर चुरोट कारखाना चल्ने मैले कुनै सम्भावना देखेको छैन । अन्य रुग्ण उद्योगको विषयमा नेपाल रुग्न मेगनसाइट प्रालिलगायत बन्द तथा रुग्ण उद्योग सञ्चालन मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको छ । यो निर्णय भएअनुसार काम हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले भने ।

उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा सरकारले गरेको निर्णयअनुसार काम हुने विश्वास दिलाउने जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]