२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

चौरचन पर्व नजिकिएसँगै भाडोको व्यापार बढ्यो

Logo
प्रकाशित शनिबार, भाद्र १४, २०७६

जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ ।

तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ ।

चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् । यस वर्ष हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो ।

स्थानीयहरुले चौरचनको १ महिना अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ ।विगतमा ५ देखि १० रुपियाँमा पाइने ती माटाका भाडाहरु अहिले ५० देखि ८० रुपियाँसम्ममा र कुनै कुनै भाडो १ सय देखि २ सयसम्ममा बिक्रिवितरण भएको स्थानीयहरुले बताएका छन् । यसवर्ष यहाँको इतिहासमै सबभन्दा बढी महगोंमा माटोको भाडोको खरीदविक्रि भएको छ । चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् ।

उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।

चौरचनका लागि धनुषाको यदुकुवहा लगाइत सबैला,तिनकौरिया, लगमा,पुरन्दाहा, बिरेन्द्रबजार ,धनुषाधाम लगागतका स्थानीय हाटहरुमा माटाका भाडाहरु किन्ने स्थानीयहरु नजिकको बजारमा भिड लागने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]