०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

कञ्चनपुर,२८ असार।कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन्। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे।

‘यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ’, कृषक पन्तले भने, ‘गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो।’ ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान अझै खेतखलियानमै व्यस्त छन्। कञ्चनपुरमा अझै रोपाइँ सकिएको छैन।

भीमदत्त नगरपालिका–१३ का किसान प्रकाश भट्ट अझै रोपाइँका लागि खेतमै व्यस्त छन्। ‘रोपाइँ सुरु गरेको एक साता भयो, अझै सकिएको छैन’, उनले भने।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले आफ्नो एक बिघा जमिनमा यसपटक नयाँ जातको धान रोपेका छन्। ‘गत वर्ष छिमेकीले तीन कठ्ठामा एमपी ३०३० नामक बीउ रोपेको थिएँ, राम्रो उत्पादन भएको थियो’, उनले भने, ‘त्यसैले यसपटक मैले पनि त्यही धान रोपको छुँ।’ उनको पिपलाडीमा तीन बिघा जमिन छ। धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउँछन्।

धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ। कञ्चनपुरमा असार अन्तिम सातासम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका सूचना अधिकरी हरीदत्त जोशीले बताए।

‘समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ सुरु भयो, जिल्लाभर अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ’, उनले भने, ‘अहिले निरन्तर वर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ।’

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ।

कृषकले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]