०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशाला संचालन भएपछि स्थानीयबासी खुसी

Logo
प्रकाशित शुक्रबार, आषाढ २९, २०८०

जनकपुरधाम,२९ असार । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएपछि स्थानीयबासी खुसी भएका छ्न।

विहिबार एक कार्यक्रमबीच जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशालालाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको गरेका हुन।जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले स्थानीय तहसंग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको बताए।

उनले प्रयोगशालामा थाईरोइड बाहेका सबै प्रकारको चेकजांच हुने भएपछि यहाँका नागरिकले जनकपुर वा सिरहा नै जानुपर्ने बाध्यता पनि अन्त्य भएको गाउँपालिका अध्यक्ष यादवले भने ।

नेपाल–भारतको सीमासंगै रहेको जनकनन्दिनी गाउँपालिकाका बासिन्दाहरु ल्याब नहुँदा भारतको जयनगर, देवधा वा अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा सँचालनमा आएको ल्याबमा सबै चेकजाँच हुने भएपछि अब जयनगर वा जनकपुर जानुपर्ने बाध्यता अन्त्य भएको दाबी गाउँपालिका अध्यक्ष यादवको छ ।

ल्याब टेष्टको लागि प्रकृति अनुसार न्युन्त्तम २५ रुपैयाँदेखि अधिकत्तम ३०० रुपैयाँसम्म चार्ज रहेको जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक रविभुषण मण्डलले जानकारी दिए । उनका अनुसार, टेष्टको प्रकृति अनुसार न्युन्त्तम दरमा चेकजाँच हुनेछ ।

जनकपुर वा अन्य ठाउँमा सोही चेकजाँचको लागि ५०० देखि १५०० सम्म लिने गरेकोमा यहाँ कम रेटमा चेकजाँच हुने मण्डलले बताए ।

ल्याब उदघाटनको क्रममा वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादव, वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यचौकीका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]