३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

बलान बिहुल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

लोकेन्द्र प्रसाद यादव
बोदे बर्साईन,३० असार। सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नै सात कोठे नव -निर्मित प्रशासनिक भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवले संयुतm रुपमा समुद्घाटन गरेको हो ।

साविक मलहनियाँ गाउँ विकासको कार्यालयको सांघ्रो ठाउँबाट सेवा प्रदान गर्दै आएका गाउँपालिकामा सेवा लिने सेवाग्रहीहरु ठाउँ अभावमा सास्ती खेप्दै आएको थियो । आफनै आधुनिक भनव सेवा सुरु भएपछि एकद्धार प्रणालीमा सवो प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।

अन्सुम नाईरा जेभी काठमाण्डौले दुई करोड अरतीस लाख उन्साठी हजारमा भ्याट सहितको लागतमा एक तले दुई वटा ब्लक बनाउन २०७८ असार २३ गते तीन वर्षमा बनाउने सम्झौता भएको थियो । जसमा सात कोठे एक तल्ले प्रशासनिक भवनको एउटा व्लक काम सम्पन्न गरि निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरिसकेका छन ।

हालसम्म एक करोड बीस लाख भुक्तानी निर्माण कम्पनीलाई गरेको र उक्त ठेक्काको ६० प्रतिशत काम भईसकेकोले थप अर्को ब्लकको सात कोठे एकतल्ले भवन पनि तयार गरेर हस्तान्तरण गरिसक्नु पर्ने गाउँपालिकाको इन्जिनियर अवधेश यादवले बताउनुभयो ।

एक भव्य समारोहका बीच भवनको समुद्घाटन गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफ्नै सुविधा सम्पन्न भवन भएपछि गाउँपालिकाको नागरिकलाई विगतभन्दा सहज र गुणस्तरीय सेवा प्रदान गर्न टेवा पुग्ने बताउनुभएको छ ।

एकदम कार्यालय संघरो ठाउँमा भएपनि सहज सेवा दिदैँ आएकोमा नयाँ भवनमा हामी राष्ट्रय सेवक कर्मचारीको नातालाई आधुनिक तरिकाले डिजिटल बलान बिहुलको आवधारणलाई प्रभावकारी बनाई सहजताका साथ सेवा प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसयैतले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]