१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बारामा ३० प्रतिशत मात्रै धान रोपाइँ

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ ।

यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ ।

कृषि ज्ञान केन्द्र कलैयाका बाली विकास अधिकृत राजनारायण प्रसाद साहले गत वर्ष असार मसान्तसम्म ६० प्रतिशतभन्दा धेरै रोपाइँ भए पनि यसपटक पानी नपरेकाले ३० प्रतिशत मात्रै रोपाइँ भएको बताएका छन् । बारामा १५ हजार ५ सय हेक्टरमा ६८ हजार ३९९ मेट्रिक टन चैते धान उत्पादन हुने गर्दछ भने बर्खे धान अन्तर्गत भदौमा पाक्ने ११ हजार ९०५ हेक्टरमा ५१ हजार १९१ मेट्रिक टन र कात्तिक, मंसिरमा पाक्ने प्रजातिको धान ३४ हजार ११५ हेक्टरमा १ लाख ४३ हजार २८७ मेट्रिक टन उत्पादन हुने गर्दछ ।

बाली विकास अधिकृत साहले यसपटक किसानले ढिलो बीउ राखे पनि अगामी दिनमा मौसम राम्रो भएर पानी परेमा उत्पादनमा खासै कमी नआउने बताए । बारामा किसानहरूले हर्दिनाथ–१, सावा मन्सुली सव–१, बासमति र खुला सिमानाका कारण भारतीय सोना मन्सुली प्रजातिका धान लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]