१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य मधेस प्रदेशबाटै हुने

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ ।

राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि बुधबार एक कार्यक्रमका बीच प्रदेश सरकारलाई जिम्मेवारी हस्तारण गरिएको छ । पोर्टल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले यसले प्रदेशमा निजामती कर्मचारीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विवरण लिन काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती किताब खानाले मधेस प्रदेशमा वैज्ञानिक सूचना प्रणालीको हस्तान्तरणले निजामती कर्मचारीको सम्पूर्ण विवरण प्रदेशमा नै सुरक्षित रहने बताए । मधेस प्रदेश सरकारले एक महिनाभित्रमा स्थानीय तहको विधेयक प्रदेशबाट पारित गरेर प्रदेशमा रिक्त रहेको दरबन्दीमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गराउने पक्षमा सरकार रहेको बताए ।

कार्यक्रममा प्रदेश प्रदेशका निमित प्रमुख सचिव किशोरकुमार चौधरीले उक्त पोर्टलको सञ्चालनले मधेस प्रदेशमा निजामती कर्मचारी तथा स्थानीय तहमा खटेका निजामती कर्मचारीहरूको सेवामा सुधार आउने बताए । पीआईएस प्रणालीले कर्मचारीहरूको नियुक्तिदेखिको सम्पूर्ण विवरणहरू समावेश र सुरक्षित रहने बताउँदै पोर्टलले सूचना क्यानको रुपमा काम गर्ने उनको भनाइ थियो ।

कर्मचारीको सम्पत्ति विवरण,अवकासको समय, सरुवा बढुवा अव सबै प्रदेशबाटै हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]