१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य मधेस प्रदेशबाटै हुने

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ ।

राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि बुधबार एक कार्यक्रमका बीच प्रदेश सरकारलाई जिम्मेवारी हस्तारण गरिएको छ । पोर्टल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले यसले प्रदेशमा निजामती कर्मचारीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विवरण लिन काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती किताब खानाले मधेस प्रदेशमा वैज्ञानिक सूचना प्रणालीको हस्तान्तरणले निजामती कर्मचारीको सम्पूर्ण विवरण प्रदेशमा नै सुरक्षित रहने बताए । मधेस प्रदेश सरकारले एक महिनाभित्रमा स्थानीय तहको विधेयक प्रदेशबाट पारित गरेर प्रदेशमा रिक्त रहेको दरबन्दीमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गराउने पक्षमा सरकार रहेको बताए ।

कार्यक्रममा प्रदेश प्रदेशका निमित प्रमुख सचिव किशोरकुमार चौधरीले उक्त पोर्टलको सञ्चालनले मधेस प्रदेशमा निजामती कर्मचारी तथा स्थानीय तहमा खटेका निजामती कर्मचारीहरूको सेवामा सुधार आउने बताए । पीआईएस प्रणालीले कर्मचारीहरूको नियुक्तिदेखिको सम्पूर्ण विवरणहरू समावेश र सुरक्षित रहने बताउँदै पोर्टलले सूचना क्यानको रुपमा काम गर्ने उनको भनाइ थियो ।

कर्मचारीको सम्पत्ति विवरण,अवकासको समय, सरुवा बढुवा अव सबै प्रदेशबाटै हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]