१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

लहानमा ७३ वर्षीय वृद्धको शव फेला

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

सिरहा,२ श्रावण ।सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा मंगलबार बिहान एक वृद्धको शव भेटिएको छ ।

लहान नगरपालिका – १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७३ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो।

लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीय घोपेन पासवानले बताए ।

उनका अनुसार बजारमा सोमबार अत्यधिक मदिरा सेवन गरी साँझ घर फर्किने क्रममा गुदीगाउँ मोडनजिकको सडकमा लडेपछि छोराबुहारीलाई खबर गरिएको भए पनि लिन नआउँदा रातभर त्यहीँ रहेको र बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको उनले बताए।

शवको प्रकृति हेर्दा अत्यधिक मदिरा सेवन गरेजस्तो देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]