०१ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

सप्तरीमा नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जना प्रहरीको फन्दामा

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

राजविराज ,२ श्रावण । सप्तरीको कञ्चनरुप-१२ की एक नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश पोख्रल, दिपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मा छन्।

उनीहरुले नाबालिगलाई डरधम्की देखाउँदै असार २९ जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन्।

उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिपाउँ भनी पीडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा सोमबार लिखित जाहेरी दिएपछि घटनामा संलग्न सबै जनालाई ईप्रका ठेलियाको टोलीले नियन्त्रणमा लिएको थियो।

उनीहरु विरुद्ध जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरी म्याद थपका लागि सप्तरी जिल्ला अदालततर्फ पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]