१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कोशीमा एक वर्षमा ३५१० सवारी दुर्घटना : ४१२ को मृत्यु, ५६०७ जना घाइते

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

बिराटनगर,४ श्रावण। कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा ३ हजार ५ सय १० सवारीसाधन दुर्घटना हुँदा ४ सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ८ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।

आव २०७८/७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट ५ सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र ५ हजार ४ सय ४५ जना सामान्य घाइते भएका दाहालले बताए । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ ।

आव २०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ । आव २०७९/८० मा उक्त अवधिमा ८ हजार ३ सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार ६ सय ६४ जनालाई सवारी शिक्षा र ३ लाख १ हजार ८ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

आव २०७८/७९ मा पाँच हजार १ सय पाँच जनालाई मापसे कारबाही, १९ हजार ८ सय ३३ जनालाई सवारी शिक्षा र २ लाख ६९ हजार ८ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो ।

सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा २० करोड ७ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने आव २०७८/७९ मा १८ करोड १ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]