०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

काठमाडौँ ,४ साउन। जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा बाराका नेता शिवचन्द्र कुशवाहाले अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिएको छ ।

त्यस्तै सप्तरीका जनमत पार्टीका नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ ।

कारबाहीमा परेका शङ्कर खड्का जनमत पार्टीका स्थानीय कार्यकर्ता थिए । उनले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरिएको छ ।

सचिवालय सदस्य समेत रहेका भोपेन्द्र यादव (रुपन्देही)ले पार्टीको केन्द्रीय निर्देशन उल्लङ्घन गरेको र गर्न लगाएको तथा पार्टीभित्र गुटबन्दी गरेको भन्दै उनलाई केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरेको छ भने कपिलवस्तुका भगवान् दास यादवलाई पनि पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ । उनले पार्टीको बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनताको काम पटक पटक गरेको भन्दै उनलाई कारबाही गरिएको जनमतले जनाएको छ ।

अनुशासन समितिका प्रमुख दीपकुमार साहले पार्टीको विधान, नियम, नीति तथा निर्देश विपरीत जाने छुट कसैलाई नरहेको बताए ।

छानबिन समितिले दिएको प्रतिवेदन र गरेको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]