०१ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

अवैध लागूऔषधसहित छ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

काठमाडौं,४ साउन। अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका– ३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १४ सि गाउँ बस्ने २७ वर्षीय विक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, रूपन्देही, सैनामैना नगरपालिका–४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी, धादिङको, गल्छी गाउँपालिका–६ महेसदोभानबाट अवैध लागूऔषध गाँजाजस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका–७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र.०३.००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]