०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

सबैला नगरपालिका : कार्यालयमा कुर्सीमै मस्त निन्द्रामा सुते कर्मचारी ( भिडियोसहित )

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन ०८, २०८०

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो ।

सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) राम सिंह मण्डल तथा कार्यालय सहयोगी राजेश्वरी यादव कार्यालय समयमा कुर्सीमै सुतिरहेको भिडियो प्राप्त भएको छ । इन्चार्ज मण्डल आफ्नो कार्यकक्षभित्र कुर्सीमै तथा कार्यालय सहयोगी यादव सेवाग्राहीलाई बस्न लाई राखिएको स्टील सोफामा सुतिरहेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

इन्चार्ज मण्डल त्यस नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक संजय मण्डल र सहसंयोजक रामदुलार यादवको नजिकको कर्मचारी मानिन्छन् । त्यस नगरपालिकामा पटक–पटक यस्तो लापरवाहीका गतिविधिहरु हुदै आएपनि मण्डल र यादवको नजिकका कर्मचारीलाई कसैले कुनै कारवाही गर्न सकेका छैनन् । स्रोतका अनुसार मण्डल र यादवले संरक्षण गरेको कर्मचारीले गल्ती गरेपनि कुनै प्रकारको कारवाही नहुनेमा ढुक्क रहन्छन् ।

त्यस नगरपालिकामा मेयर कारीराम यादव तथा उपमेयर रहिमा खातुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित छन् । मेयर यादव माओवादी नेता मातृका प्रसाद यादवका भाई हुन् । तर त्यहाँ काँग्रेस र एमाले निकट कर्मचारीको हालीमुहाली देखिएको छ ।

संयोजक मण्डल र सहसंयोजक यादवका कारण नगरपालिका तथा मेयरको बदनामी भइरहे पनि नगरपालिका तथा मेयरको यसप्रति ध्यान गएको देखिदैन ।सबैला नगरपलिकाको स्वास्थ्य शाखामा बेथिति तथा अनियमितताको चाङ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]