०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सर्लाहीमा गुप्तचरका इन्सपेक्टर साह मृत फेला

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १०, २०८०

जनकपुरधाम । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले दुर्घटनामा परेर उनको मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे यर्थाथ बुझ्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]