२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

अधिवक्ता भगवती पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १२, २०८०

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। । अधिवक्ता पाण्डेविरूद्ध तामाङ, मगर समुदायको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएको हो ।

तामाङ, मगर समुदायले चार दिनअघि दिएको उजुरीको आधारमा पक्राउ पूर्जी जारी गरिएकाे काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल अधिकारीले जानकारी दिनुभएको छ । डिएसपी अधिकारीका अनुसार अधिवक्ता पाण्डेविरूद्ध जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरी परेको छ। जाहेरी परे लगत्तै अधिवक्ता पाण्डेलाई प्रहरीले खोजी गरिरहेको छ ।

अधिवक्ता पाण्डेले केही दिनअघि टेलिभिजन अन्तरवार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]