१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जानकी मन्दिरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने यादव पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १२, २०८०

जनकपुरधाम । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् ।

यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए ।

भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]