१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

जनमत पार्टीको राष्ट्रिय परिषद बैठक जारी

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १७, २०८०

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसेको छ । बुद्धनगरको क्वालिटि ब्याङ्केटमा परिषद्को बैठक चलिरहेको हो ।

मिसन ८४ अन्तर्गत बोलाएको बैठकमा पार्टी अध्यक्ष राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ ।

वडा तहदेखि प्रशिक्षण सुरु गरेको सो पार्टीले जिल्ला इन्चार्ज, प्रतिनिधिसभा तथा प्रदेशसभा, मधेश प्रदेश समितिको प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समिति बैठकमा प्रशिक्षण दिनुका साथै नयाँ केन्द्रीय सदस्यहरुको परिचयात्मक कार्यक्रम हुने जनमत पार्टीले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]