२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरको जानकीचौक घटना प्रती सिडियोलाई ध्यानाकर्षण गराउदै ,फोर्सले ज्ञापनपत्र बुझाए

Logo
प्रकाशित आइतबार, भाद्र १५, २०७६

जनकपुरधाम। गत बिहीबार जनकपुरको जानकीचोकमा प्रहरीले नरिवल बेच्ने युवक रोहित चौधरीसँग पैसा मागेको भिडियो खिचेका कारण युवा अभियन्ता सुशील कर्णमाथी प्रहरीले दुर्व्यवहार गरेको घटना प्रती ध्यानाकर्षण गराउदै।  युथ एक्सन फोर्सले सिडियोलाई आइतबार ज्ञापनपत्र बुझाएको छ।

युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको नेतृत्वमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेललाई जानकीचोकको घटना प्रति ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा प्रहरीले कुनैपनि युवा अगुवालाई कुटन मिल्ने कि न मिल्ने ? के समाजका लागि काम गर्दै आएका युवाहरूलाई प्रशासनसँग खतरा हुने हो कि ? के जनकपुरका युवा वर्ग प्रशासनसँग असुरक्षित छन कि ? लगायतका प्रश्नहरु समेत गरिएको छ ।
ज्ञापनपत्र बुझाउन गएका युवाहरुले उक्त घटनालाई अपराधिक तथा असामान्य घटना बुझियोस भनि कार्यको भत्सर्ना गर्दै न्यायको माग गरेका छन् ।

ज्ञापनपत्रमा ‘घटनाले नेपालको मूल कानुनलाई चुनौती दिंदै प्रहरी प्रशासनले राईट टु लिभ विथ डिग्निटी,राईट टु युथ,राईट टु युथ ईम्पावरमेन्ट जस्ता मानवअधिकारको हनन गरेको उल्लेख छ । घटनाबारे प्रशासनले निकालेको विज्ञप्तिसँग आफुहरूको चित्त नबुझेको भन्दै सो विज्ञप्ति त्रुटिपूर्ण रहेको युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाले बताए ।

सो घटना दुई समूहबिचको झै झगडा नभई प्रहरीद्वारा सुनियोजित रुपमा घटाईएको घटना रहेको र हामीलाई रक्षक प्रहरी नै भक्षक भएको महशुस हुन लागेकोले घटनाको सत्य तथ्य छानविन गरी दोषी प्रहरीमाथि कडा कारवाहीको माग समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]