२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन १८, २०८०

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा सिके राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।

उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मूल एजेण्डा भनेको संगठन सुदृढीकरण, अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरु मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागिताको विषयमा पनि छलफल हुनेछ ।’

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरु, विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]