१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

२० लाख सदस्य बनाउन नेता तथा कार्यकर्तालाई डा.राउतको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन १८, २०८०

काठमाडौं। जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो ।

पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको थियो ।

बुद्ध नगरस्थित क्वालिटी व्याङ्क्विटमा केन्द्रीय समितिको बैठक बस्नुअघि सुरुमा राजनीतिक समितिको बैठक बसेको थियो भने त्यसपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । दुवै बैठकको अध्यक्षता पार्टीका अध्यक्ष डा.सीके राउतले गरेका थिए । २०८४ मा जनमत पार्टीलाई मदेसको पहिलो पार्टी बनाउनु छ, त्यसका लागि निकै मेहनत गर्नुको आवश्यकता छ भन्दै अध्यक्ष राउतले पार्टीमा धेरैभन्दा धेरै नयाँ नयाँ सदस्यलाई जोड्न निर्देशन दिए ।

पार्टीका एक केन्द्रीय सदस्यले जिम्मेवारी लिएर नै कति जना सदस्य थप्न सकिन्छ त्यो तय गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्न निर्देशन दिँदै चुनाव आउँदासम्म २० लाख सदस्य बनाउन उनले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष राउतले पटक पटक समितिका सदस्यहरूलाई सङ्गठनप्रति जिम्मेवार र जबाफदेही हुनका लागि आग्रह गरेका थिए । पछिल्लो समय बढ्दै गएको राजनीतिक चुनौतीको बारेमा पनि उनले बैठकमा चर्चा गरेको सहभागी एक नेताले बताए ।

दुवै समितिको बैठक सकिएको छ, खाना खाएर केन्द्रीय समितिको बैठक बस्ने भएको छ । मिसन ८४ अन्तर्जगत् जनमत पार्टीले विभिन्न तहमा प्रशिक्षण दिँदै आएको छ । वडा तहदेखि सुरु भएको प्रशिक्षण जिल्ला इन्चार्ज, मधेस प्रदेश र लुम्बिनी प्रदेश समितिमा पनि प्रशिक्षण सकिसकेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई समेत धुलिखेलमा लगेर दुई दिनसम्म प्रशिक्षण दिएको थियो । हिजो मात्रै राष्ट्रिय परिषद्को बैठक सम्पन्न गरेको छ । आजदेखि केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]