२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

निर्माण व्यवसायी संघका अध्यक्ष दास जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १९, २०८०

जनकपुरधाम,१९ साउन। निर्माण व्यवसायी संघका सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ।

शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी संघ सप्तरी जिल्ला अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन।अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेको छ।नवप्रवेशी दास सप्तरीको छिन्नमस्ता गाउँपालिका -५ लोखरम निवासी हुन।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री अब्दुल खान ,पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा अध्यक्ष दासले पार्टी प्रवेश गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]