१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधहरुको जनमत संकलन गर्ने, मतदाता नामावली सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २३, २०८०

जनकपुरधाम । जनमत पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अप्रूवल रेटिङ (जनमत संकलन)का लागि मतदान गराउने भएको छ । मतदानका लागि आज मतदाता नामावली सार्वजनिक गरिएको छ ।

जनमत पार्टीबाट २ प्रमुख, १ उपप्रमुख र १९ वडाध्यक्ष निर्वाचित भएका छन् । जनमतबाट सप्तरीको बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव, सोही पालिकाको उपाध्यक्षमा रेणु यादव र हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुखमा बिरेन्द्र माझी निर्वाचित छन् ।

निर्वाचित जनप्रतिनिधिको जनमत संकलनका लागि सम्बन्धित पालिका तथा वडामा मतदाता नामावली सार्वजनिक गरिएको छ । सम्बन्धित स्थानका जनमत पार्टीका सदस्यलाई मतदाता तोकिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ ।

मतदान साउन २७ गते शनिवार विहान ११ बजेदेखि हुनेछ । साउन २४ र २५ गते मतदाता सूचीमा दावी विरोध गर्न सकिने र साउन २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

‘राइट टु रिकल’ अन्तर्गत जनमत पार्टीले पालिकामा निर्वाचित जनप्रतनिधिको जनमत संकलन गरिने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]