२८ आषाढ २०८१, शुक्रबार
12-07-2024 , Fri
×

सिरहामा लागुऔषध सहित एकजना युवा पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

राजेन्द्र महतो,लहान।सिरहाको गोलबजार नगरपालिका वडा.४ स्थित निपाने मगर टोल बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा न १३ बस्ने गौरव कुमार सिंह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स ५ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार सिंह लाई चेक जाच गर्दा उनको साथ बाट १९५ पिस नाईट्रो जोपाम ट्रयाबलेट प्रहरी ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

पक्राउ परेका सिंह लाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखिएको
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी अपिल राज बोहराले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । “जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान […]

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे । सभामुख रामचन्द्र मण्डलले यो […]

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा शरदसिंह यादवले बताए । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको हो। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद रहेको छ । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच […]