२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

मधेस प्रदेशमा लेखापरीक्षक दोहोरो मानसिकता बोकेर आउँछन्ः अर्थमन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

जनकपुरधाम,२५ साउन । मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् ।

मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए ।

एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।धनुषा/महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय/सचिवालय/आयोग÷प्रतिस्ठान/विभाग/निर्देशनालय/कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरीक्षण, सम्परीक्षण तथा वित्तीय अनुशासन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुदाँ यस्ता किसिमको अपव्याख्याले लेखापरीक्षको प्रतिवदेनमा माथि समेत प्रश्न उठ्ने र विश्वनिशता समेत घट्ने बताए । साथै, मन्त्री यादवले यस किसिमको अभिमुखिकरण तालिमले मधेशमा वित्तीय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]