१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

शिक्षा मन्त्री यादवको पहलमा राजरंगशालाको नयाँ रुप दिने तयारी

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

राजविराज,२५ साउन ।सप्तरीको सदरमुकाम राजविराजमा रहेको राजरंगशाला वर्षौंदेखि जिर्ण अवस्थामा रहेको छ।राजविराज नगरपालिका- ७ मा रहेको राजरंगशालाको नयाँ रुप दिनको लागि मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले कदम चालेका छ्न।

मन्त्री यादवको विषेश पहलमा मधेश प्रदेश सरकारको सहयोगमा रंगशालाको मर्मत सम्भार गरी नयाँ रुप दिन तयारी थालेका छ्न।सप्तरी जिल्लाको एक मात्र पुरानो खेल मैदान राष्ट्रियस्तरका विभिन्न खेलकृुद प्रतियोगित समेत आयोजना हुदै आइरहेका यो रंगशाला वर्षौदेखि जिर्ण र बेवारिसे अवस्थामा रहेको छ ।

हाल रंगशालाको प्याराफिट मुनी वर्षाैदेखि विभिन्न व्यक्तीले अतिक्रमण गरी वसोवास गरिरहेका छन भने अर्काे तीर ७ हजार दर्शक अटाउने क्षमता भएको प्यारापिट जीर्ण भइ ठाँउ ठाउँमा भत्किएको छ । मर्मत सम्भार नहुदा कुनै त्रेला पनि प्याराफिट भत्किने र ज्यानै जोखिममा पार्ने सम्भावना समेत रहेको छ ।

बजेट अभावमा मर्मत सम्भार हुन नसकिरहेको बेला खेलकुद पृष्ठभुमी समेत भएका सप्तरीको प्रदेश २ को (ख )बाट निर्वाचित प्रदेश सभासदस्य तथा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको पहलमा राजरंगशालालाई स्तरोन्नती गरी नयाँ स्वरुप दिने तयारी थालिएको हो ।

मन्त्री यादवका अनुसार राजरंगशालाको जीर्णाेद्वाराका लागी आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड बजेट विनियोजन गरिएको छ । यस्तै राजविराज ५ स्थित पविमाविको खेल मैदान र जिल्ला खेलकुद विकास समितीको परिसरमा रहेको कभर्डहल स्तरोन्नतीका लागी ५०÷५० लाख र राजविराज २ मा क्रिकेट एकेडमी निर्माणका लागी मधेश प्रदेश सरकारले २५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

दुई दशक अघि तत्कालिन मेयर जगरनाथ दासको समयमा राजंगशालाको स्वामित्व जिल्ला खेलकृुद विकास समितीलाई दिएपछी अतिक्रमित स्थान खाली गराउन पटक÷पटक प्रयास हुदै आएपनि त्यसले सफलता पाउन सकेको छैन ।

तर, अहिले नगरपालिका र स्थानीय प्रशासन अतिक्रमित स्थान खाली गराउन तातिएकाले छिट्टै रंगशालाको अतिक्रमण पनि हट्ने धेरैले विश्वास गरेका छन् ।

बि.स. २०३६ सालमा तत्कालिन अञ्चलाधिश लक्ष्य बहादुृर गुरुङ्गको पालामा निर्माण भएको राजरंगशालाको त्यस पछि हाल सम्म कुनै निकायले पनि मर्मत सम्भार नगर्दा जिर्ण भई जोखिमयुक्त र खण्डहरमा परिणत भएको हो ।

११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर मधेश प्रदेशले पाएको जानकारी समेत दिएका मन्त्री यादवले सो समय भित्रै राजरंगशालालाई नयाँ स्वरुप दिई सक्ने लक्ष्य राखेको जनाएका छन् । उनले प्रत्येक वर्ष केही न केही बजेट थपेर राजरंगशालाको कायापलट गर्ने सोच बनाएको बताउँदै सप्तरीमा क्रिकेट, फुटबल, भारत्तोलन, जुडो, कराँते, कुस्ती लगायत विभिन्न खेलका अन्तराष्ट्रियका खेलाडी भएपनि स्तरीय खेल मैदान नहुनु लाजको विषय भएको जनाए ।

मन्त्री यादवले आफ्नो कार्यकालमा सप्तरीमा खेलका लागी पुर्वाधार निर्माणको काम शूरु गर्न सानो प्रयास गरेको जनाएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी जन्माई सकेको सप्तरीमा भने व्यवस्थित खेल मैदान नहुदा प्रतियोगिता आयोजनामा समस्या हुदै आएको जिल्ला खेलकुद विकास समिती सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलको कथन छ ।

मैदान अभावमै विभिन्न खेलकुदका गतिविधीमा कमी आएको नेपाल खेलकुद प्रत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीको भनाई छ । राजरंगशालाको अवस्थाप्रति पटक÷पटक आवाज उठ्ने गरेको छ ।

स–साना प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठेपनि पछि सेलाउने गरेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ निवासी जुडो संघ सप्तरीका पुर्व अध्यक्ष नवनित झाको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]