१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

शिक्षा मन्त्री यादवको पहलमा राजरंगशालाको नयाँ रुप दिने तयारी

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

राजविराज,२५ साउन ।सप्तरीको सदरमुकाम राजविराजमा रहेको राजरंगशाला वर्षौंदेखि जिर्ण अवस्थामा रहेको छ।राजविराज नगरपालिका- ७ मा रहेको राजरंगशालाको नयाँ रुप दिनको लागि मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले कदम चालेका छ्न।

मन्त्री यादवको विषेश पहलमा मधेश प्रदेश सरकारको सहयोगमा रंगशालाको मर्मत सम्भार गरी नयाँ रुप दिन तयारी थालेका छ्न।सप्तरी जिल्लाको एक मात्र पुरानो खेल मैदान राष्ट्रियस्तरका विभिन्न खेलकृुद प्रतियोगित समेत आयोजना हुदै आइरहेका यो रंगशाला वर्षौदेखि जिर्ण र बेवारिसे अवस्थामा रहेको छ ।

हाल रंगशालाको प्याराफिट मुनी वर्षाैदेखि विभिन्न व्यक्तीले अतिक्रमण गरी वसोवास गरिरहेका छन भने अर्काे तीर ७ हजार दर्शक अटाउने क्षमता भएको प्यारापिट जीर्ण भइ ठाँउ ठाउँमा भत्किएको छ । मर्मत सम्भार नहुदा कुनै त्रेला पनि प्याराफिट भत्किने र ज्यानै जोखिममा पार्ने सम्भावना समेत रहेको छ ।

बजेट अभावमा मर्मत सम्भार हुन नसकिरहेको बेला खेलकुद पृष्ठभुमी समेत भएका सप्तरीको प्रदेश २ को (ख )बाट निर्वाचित प्रदेश सभासदस्य तथा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको पहलमा राजरंगशालालाई स्तरोन्नती गरी नयाँ स्वरुप दिने तयारी थालिएको हो ।

मन्त्री यादवका अनुसार राजरंगशालाको जीर्णाेद्वाराका लागी आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड बजेट विनियोजन गरिएको छ । यस्तै राजविराज ५ स्थित पविमाविको खेल मैदान र जिल्ला खेलकुद विकास समितीको परिसरमा रहेको कभर्डहल स्तरोन्नतीका लागी ५०÷५० लाख र राजविराज २ मा क्रिकेट एकेडमी निर्माणका लागी मधेश प्रदेश सरकारले २५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

दुई दशक अघि तत्कालिन मेयर जगरनाथ दासको समयमा राजंगशालाको स्वामित्व जिल्ला खेलकृुद विकास समितीलाई दिएपछी अतिक्रमित स्थान खाली गराउन पटक÷पटक प्रयास हुदै आएपनि त्यसले सफलता पाउन सकेको छैन ।

तर, अहिले नगरपालिका र स्थानीय प्रशासन अतिक्रमित स्थान खाली गराउन तातिएकाले छिट्टै रंगशालाको अतिक्रमण पनि हट्ने धेरैले विश्वास गरेका छन् ।

बि.स. २०३६ सालमा तत्कालिन अञ्चलाधिश लक्ष्य बहादुृर गुरुङ्गको पालामा निर्माण भएको राजरंगशालाको त्यस पछि हाल सम्म कुनै निकायले पनि मर्मत सम्भार नगर्दा जिर्ण भई जोखिमयुक्त र खण्डहरमा परिणत भएको हो ।

११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर मधेश प्रदेशले पाएको जानकारी समेत दिएका मन्त्री यादवले सो समय भित्रै राजरंगशालालाई नयाँ स्वरुप दिई सक्ने लक्ष्य राखेको जनाएका छन् । उनले प्रत्येक वर्ष केही न केही बजेट थपेर राजरंगशालाको कायापलट गर्ने सोच बनाएको बताउँदै सप्तरीमा क्रिकेट, फुटबल, भारत्तोलन, जुडो, कराँते, कुस्ती लगायत विभिन्न खेलका अन्तराष्ट्रियका खेलाडी भएपनि स्तरीय खेल मैदान नहुनु लाजको विषय भएको जनाए ।

मन्त्री यादवले आफ्नो कार्यकालमा सप्तरीमा खेलका लागी पुर्वाधार निर्माणको काम शूरु गर्न सानो प्रयास गरेको जनाएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी जन्माई सकेको सप्तरीमा भने व्यवस्थित खेल मैदान नहुदा प्रतियोगिता आयोजनामा समस्या हुदै आएको जिल्ला खेलकुद विकास समिती सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलको कथन छ ।

मैदान अभावमै विभिन्न खेलकुदका गतिविधीमा कमी आएको नेपाल खेलकुद प्रत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीको भनाई छ । राजरंगशालाको अवस्थाप्रति पटक÷पटक आवाज उठ्ने गरेको छ ।

स–साना प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठेपनि पछि सेलाउने गरेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ निवासी जुडो संघ सप्तरीका पुर्व अध्यक्ष नवनित झाको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]