१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

छोरीलाई विष खुवाएर हत्या प्रयास गर्ने बाबु पक्राउ

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २५, २०८०

सुनसरी ,२५ साउन।सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्।

इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्।

प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको छ। बाबुले जबर्जस्ती विष खुवाएर गम्भीर घाइते भएकी छोरीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

इप्रका दुहबीका इन्स्पेक्टर बुद्धिकुमार चौलागाईंका अनुसार मादक पदार्थ सेवन गरी आएका बाबु अर्जुनले मंगलबार साँझ जबर्जस्ती कीटनाशक विषादी खुवाएपछि छोरी राधिका बेहोस भएकी थिइन्। उनलाई छिमेकीहरूले मंगलबार राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

छिमेकीहरूका अनुसार सधैँ रक्सी सेवन गर्ने अर्जुनले मातेको सुरमा घरमा झगडा गर्दै श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गर्थे। कुटपिटबाट जोगिन ठूली छोरी राधिका साथीको घरमा गएर बस्ने गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]