०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

गौर हत्याकाण्डबारे धारणा सार्वजनिक गर्दै जसपा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन २६, २०८०

काठमाडौं,२६ साउन। सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो।

गौर हत्याकाण्डका पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले घटना छानबिन गर्ने सम्झौता गरेको थियो। सरकारले पीडितसँग हत्याकाण्डको छानबिन गर्ने सम्झौता गरेपछि जसपा उक्त घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उक्त घटना छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्धता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चासो ब्यक्त गरेका थिए ।

१७ बर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]