१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

जनकपुरधाम । मगही भाषा संरक्षण सम्र्बद्धन प्रतिष्ठान, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
,नेपाल भित्र बोलिने सवै भाषा नेपालको राष्ट्र भाषा हुन् र ती सबै भाषालाई संरक्षण सम्र्बद्धन qगर्नु हाम्रो दायित्व हो । त्यही क्रममा नेपालमा मगही भाषा बोल्नेको पनि निकै ठूलो संख्या रहेको छ । तराई मधेसमा बसोबास गर्ने दलित, पिछडावर्ग, मुस्लिम, मधेसीहरुको खानपान, पहिरन, भाषा, संस्कृति लगभग साँझा समान रहेको छ । धार्मिक हिसाबले फरक भएपनि मुस्लमान जातिहरुले पनि मगही भाषा नै बोल्ने गर्छन् । प्राचिनकाल देखि यी सवै जातजातिहरु एउटै समाजमा बस्दै आएको छ । यी जातिहरुको प्रकृतिक वातावरण मैत्रि मगही संस्कृति समाचकेवा, जाटजाटिन, लगंपाचे, डीहीवार पूजा, अन्नतपूजा, घडि पवनी, चौपारा पूजा, सत्यनारायण पूजा, तुुल्सी विवाह, विवाह विधि, सतुआईन, जुडसितल, सैन पूजा, पिपलको बोटमा महादेव पूजा, वरपिपल पूजा, ईन्द्र पूजा, दुर्गा पूजा, रामनवमी, छैठ पूजा, चौठचन, जितिया, रैव पवनी, सोमवारी, मंगलवारी, छठियार, मृत्यु संस्कार, कृष्ण जन्मअष्ठमी, कुशे औंशि, माघे संक्रान्ति, होरी, गणिनाथ बाबा पूजा, कुलदेवता पूजा, महावीर जयन्ती, विवाहपञ्चमी, शिवरात्री, सरस्वती पूजा, विश्कर्मा पूजा, आदी हो । लोप हुन लागेको भाषा संस्कृतिलाई जोगाउनका लागि केहि हाम्रा मांगहरु यस प्रकार रहेका छन् । प्रदेश नं.२ मा कामकाजको भाषा मगही हुनु पर्ने प्रतिष्ठानको मांग छ ।
मगही भाषा संस्कृति जोगाउनका लागि हरेक गपा,नपाको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने, प्रदेश सरकारबाट एफ.एम.रेडियोमा विभिन्न सरकारी सूचना मगही भाषामा संचालन गर्नु पर्ने, मगही भाषाको लागि प्रशिक्षक तयारी गर्ने प्रादेशिक स्तरमा ठोस कार्यक्रम गर्नु पर्ने, प्रदेश स्तरमा मगही भाषा संस्कृति विकास बोर्ड गठन गर्नु पर्ने । प्रतिवेदन बमोजिम झापादेखि रौतहट सम्मको तराई मधेसवासी (पिछडावर्ग, दलित र जनजाति) समुदायका मानिसहरुको मातृ भाषा मगही हो भन्ने प्रमाण पेश गरेकोले त्यसलाई तत्कालै कार्यान्वयन गर्नु पर्ने । प्रदेश नं.२ को ६२ प्रतिशत जनताले मगही भाषा बोल्छ, ज्ञापन पत्रमा उल्लेख छ । मगही भाषा कामकाजको भाषा नभएमा हामी सशक्त आन्दोलन गर्ने बाध्य हुने तर्फ ध्यानाकर्षण सहित जानकारी गराएका छन् ।
मगही भाषा अभियानी फुलगेन महतो, बलदेव साह, जनार्धन भण्डारी , दिपेन्द्र कापड, बलिराम कापड, अजय अनुरागी, संजिव यादव सहित मधेस पिछडावर्ग इद्यऋ महासंघ, जनकपुरधाम, मगही साहित्य समाज जनकपुर, मगही लोक कला संस्कृतिक, बटेश्वर, मगही संगित नाट्य कला परिषद्, जनकपुरधाम लगायतका संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बोदार्थ गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]