१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेकपा माओवादीका नेता तिवारीसहित ५० जना जनमतमा प्रवेश ,मन्त्री सिंहले गरे स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन २७, २०८०

जनकपुरधाम,२७ साउन ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार महोत्तरीको मनरा शिशवा-८ सहसराममा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका वडाध्यक्ष तथा पार्टीका जिल्लासदस्य बजरंगी तिवारीको नेतृत्वमा ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले पार्टीको सदस्यता प्रदान गरि उनिहरुलाई पार्टीमा स्वागत गरेको जनमत पार्टीले जनाएको छ।

साथै ,सो वडाका जनमत पार्टीका नेताकार्यकर्ताहरुले महासचिव सिंह मधेश सरकारका श्रम तथा यातायात मन्त्री बन्नुभएकोमा उहाँलाई फुलमालासहित दोसल्ला ओढाएर सम्मान गर्दै मन्त्री सिंहलाई बधाई तथा शुभकामनासमेत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]