१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

नेकपा माओवादीका नेता तिवारीसहित ५० जना जनमतमा प्रवेश ,मन्त्री सिंहले गरे स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन २७, २०८०

जनकपुरधाम,२७ साउन ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार महोत्तरीको मनरा शिशवा-८ सहसराममा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका वडाध्यक्ष तथा पार्टीका जिल्लासदस्य बजरंगी तिवारीको नेतृत्वमा ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले पार्टीको सदस्यता प्रदान गरि उनिहरुलाई पार्टीमा स्वागत गरेको जनमत पार्टीले जनाएको छ।

साथै ,सो वडाका जनमत पार्टीका नेताकार्यकर्ताहरुले महासचिव सिंह मधेश सरकारका श्रम तथा यातायात मन्त्री बन्नुभएकोमा उहाँलाई फुलमालासहित दोसल्ला ओढाएर सम्मान गर्दै मन्त्री सिंहलाई बधाई तथा शुभकामनासमेत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]