२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

मधेश प्रदेशः लागूऔषधसहित दुई पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन २७, २०८०

पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ वर्षीय सचिन लामा र १६ वर्षीय किशोर पक्राउ परेका हुन् । उनीहरुले बोकेको कपडाको झोलाबाट प्रतिबन्धित लागूऔषध नाइट्राभेट १० लेखिएको नाइट्राजेपाम ३ सय १४ पिस ट्याबलेट फेला परेको थियो ।

१६ वर्षीय किशोरले लगाएको ज्याकेटको खल्तीमा लागूऔषध गाँजाजस्तो देखिने वस्तु ५० ग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]