०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

लुम्बिनी प्रदेशमा २ लाख युवालाई रोजगारी दिन ४ अर्ब बजेट : मुख्यमन्त्री चौधरी

गैरसरकारी संस्थालाई सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीको निर्देशन
Logo
घनश्याम गौतम प्रकाशित शनिबार, साउन २७, २०८०

रुपन्देही ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्ययोजनासहित काम गरेको बताए ।

‘हामीले काम गर्ने युवाका लागि पर्याप्त अवसर दिने योजनाका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले सरकारसँग दुई अर्ब रुपैयाँ रकम छ, केन्द्र सरकारले पनि दुई अर्ब रुपैयाँ दिने भनेको छ, आवश्यक परे विदेशीदातासँग पनि रकम माग गर्न सकिन्छ ।’

लुम्बिनी प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेरै आगामी २ वर्षमा २ लाख युवालाई रोजगारी दिने घोषणा गरिसकेको छ । त्यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी सरकारले अहिलेदेखि नै योजना बनाएर काम अघि बढाएको पनि कार्यक्रममा बताए । उनले प्रदेशका गैरसरकारी संस्थालाई पनि एक्लै नहिँड्न सुझाव दिए ।

सरकारसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले विदेशमा पुगेका युवालाई स्वदेशमै राख्नु सरकारको दायित्व भएको पनि बताए । ‘लुम्बिनीको माटो, घाँस, पानीदेखि सबै चिज विक्रि गर्न सकिन्छ,’ उनले भने, ‘स्थानीय उत्पादनलाई पहिचान दिएर विदेशी पर्यटकलाई बिक्री गर्दा पनि करोडौ रकम भित्रिन सक्छ ।’ त्यस्ता उद्यमशीलताको विकास गर्ने गरी युवा शक्ति अघि बढ्नु पर्ने उनले बताए ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले युवाको सक्रियता बिनाविकास सम्भव नभएको बताए । सरकारले युवाको विकास, परिचालन र अवसरका लागि लगानीको क्षेत्रमा काम गर्न तत्पर रहेको पनि जानकारी दिए । ‘युवा शक्ति भनेको देशको मेरुदण्ड हो,’ उनले भने, ‘युवा क्षेत्रलाई आशावादी र सक्रिय नगराउँदासम्म सरकार पनि सफल नहुने भएकाले सरकारले त्यहीअनुसार योजना अघि सारेको छ ।’ सरकारले युवाकेन्द्रित कार्यक्रम तयार गरेको र त्यसमा नीति क्षेत्रले पनि सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा युवाहरुले उत्पादन गरेका कृषिजन्य सामग्री र सीपमूलक उत्पादन प्रदर्शन गरिएको थियो ।

युवाको विकासमा योगदान गर्ने एक दर्जन बढी विभिन्न क्षेत्रका युवाहरुलाई कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]