२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

लुम्बिनी प्रदेशमा २ लाख युवालाई रोजगारी दिन ४ अर्ब बजेट : मुख्यमन्त्री चौधरी

गैरसरकारी संस्थालाई सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीको निर्देशन
Logo
घनश्याम गौतम प्रकाशित शनिबार, साउन २७, २०८०

रुपन्देही ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्ययोजनासहित काम गरेको बताए ।

‘हामीले काम गर्ने युवाका लागि पर्याप्त अवसर दिने योजनाका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले सरकारसँग दुई अर्ब रुपैयाँ रकम छ, केन्द्र सरकारले पनि दुई अर्ब रुपैयाँ दिने भनेको छ, आवश्यक परे विदेशीदातासँग पनि रकम माग गर्न सकिन्छ ।’

लुम्बिनी प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेरै आगामी २ वर्षमा २ लाख युवालाई रोजगारी दिने घोषणा गरिसकेको छ । त्यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी सरकारले अहिलेदेखि नै योजना बनाएर काम अघि बढाएको पनि कार्यक्रममा बताए । उनले प्रदेशका गैरसरकारी संस्थालाई पनि एक्लै नहिँड्न सुझाव दिए ।

सरकारसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले विदेशमा पुगेका युवालाई स्वदेशमै राख्नु सरकारको दायित्व भएको पनि बताए । ‘लुम्बिनीको माटो, घाँस, पानीदेखि सबै चिज विक्रि गर्न सकिन्छ,’ उनले भने, ‘स्थानीय उत्पादनलाई पहिचान दिएर विदेशी पर्यटकलाई बिक्री गर्दा पनि करोडौ रकम भित्रिन सक्छ ।’ त्यस्ता उद्यमशीलताको विकास गर्ने गरी युवा शक्ति अघि बढ्नु पर्ने उनले बताए ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले युवाको सक्रियता बिनाविकास सम्भव नभएको बताए । सरकारले युवाको विकास, परिचालन र अवसरका लागि लगानीको क्षेत्रमा काम गर्न तत्पर रहेको पनि जानकारी दिए । ‘युवा शक्ति भनेको देशको मेरुदण्ड हो,’ उनले भने, ‘युवा क्षेत्रलाई आशावादी र सक्रिय नगराउँदासम्म सरकार पनि सफल नहुने भएकाले सरकारले त्यहीअनुसार योजना अघि सारेको छ ।’ सरकारले युवाकेन्द्रित कार्यक्रम तयार गरेको र त्यसमा नीति क्षेत्रले पनि सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा युवाहरुले उत्पादन गरेका कृषिजन्य सामग्री र सीपमूलक उत्पादन प्रदर्शन गरिएको थियो ।

युवाको विकासमा योगदान गर्ने एक दर्जन बढी विभिन्न क्षेत्रका युवाहरुलाई कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]