११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

पूर्वप्रधानमन्त्री भट्टराई र नेपाललाई पक्राउ नगरेकोप्रति एमालेको आपत्ति

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई तत्काल पक्राउ गनुपर्ने बताएको छ ।

आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरुले यस्तो माग राखेका हुन् ।

सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाएको छ।

एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्रीहरुलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म बयान गराउनु सरकारको गैरजिम्मेवार पन भएको बताए ।

उनले सरकारले सत्तापक्ष र विपक्षलाई फरक व्यवहार गरेको बताए। नेपाल प्रधानमन्त्री हुँदा ०६६ चैत २९ गते ललिता निवासको जग्गामा ‘विशिष्ट व्यक्ति’को निवास विस्तार गर्ने निर्णय भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]