०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

लोसपा अध्यक्ष ठाकुरको भतिज सुर्यनारायणसहित सयौं जना जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

जनकपुरधाम,२८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको आफ्नै भतिजसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार मोत्तरीको सोनमा गाँउपालिका -४ खेसरहामा एक कार्यक्रमबीच लोसपाका अध्यक्ष ठाकुरको आफ्नै भतिज सुर्यनारायण ठाकुरसहित लोसपाका सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले नेता ठाकुरलाई पार्टीको सदस्यता प्रदान गरी जनमतमा स्वागत गरेको छ ।

सो पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी मोहत्तरी जिल्ला ईन्चार्ज सौरभ साह र जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य नेता संजय यादवको उपस्थितीमा विभिन्न पार्टीका सयौं जना पार्टीमा प्रवेश गरेको हो ।

त्यसैगरी,एकडा गाउँपालिका-६ गोनरपुराका लोसपाकै नेता लक्ष्मी यादवको नेतृत्वमा ३५ जना जनमत पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले जनकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]