१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धनुषाको सहिदनगरका इन्जिनियर चौधरी घुससहित पक्राउ

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

जनकपुरधाम,२८ साउन।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जनियर रमेशकुमार चौधरीलाई घुससहित पक्राउ परेका छ्न ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नगरपालिकाको वडा नम्बर ३ स्थित पशुसेवा केन्द्रको भवनबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।

पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]