१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

बौद्धिक अपाङ्गता भएकाहरुको समस्या समाधानका लागि सरकारको ध्यान दिन जरुरी : मन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

राजविराज,२९ साउन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले अपाङ्गता भएकाहरु प्रति राज्य पक्षले दायीत्व बोध गरी उनीहरुका समस्या समाधानमा तीन वटै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा एकै थलोमा आयोजना गरीएको बोद्धिक अपाङ्गता संघको प्रथम तथा बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीको सातौं साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो कुरा बताएका हुन् ।

१० प्रकारका अपाङ्गता मध्ये बौद्धिक अपाङ्गता पनि एक रहेको भन्दै उनले विशिष्ट समस्यामा रहेका उनीहरुका लागी विषेश कार्यक्रम नै ल्याउनु जरुरी रहेको बताए । सबै वर्ग, तह तप्काको पहुँच हुन सक्ने वातावरण तयार हुदा मात्र परिवर्तनको प्रत्याभुती मिल्ने भन्दै मन्त्री यादवले बौद्धिक अपाङ्गताहरुका लागी पनि उत्तिकै ध्यान दिनु पर्नेमा जोड दिए ।

राजविराजको वडा नंं ६ मा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागी सञ्चालित बहिरा बालक स्कुलमा कक्षा सञ्चालनमा पनि विभिन्न समस्या रहेको जानकारी प्राप्त भएको उल्लेखका साथ उनले कक्षा कोठा, शिक्षक, सिकाई समाग्रीको अभाव प्रति आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सप्तरी क्षेत्र नंं. २ को २ बाट प्रदेश सभामा निर्वाचित यादवले गृह क्षेत्रका बौद्धिक अपाङ्ग बाललिका पनि भविष्यमा सक्षम नागरिकका रुपमा तयार हुन सकुन भन्ने आफ्नो पनि सोच रहेको स्पष्ट पारे । उनले सप्तरीका ऐतिहासिक धरोहरको रुपमा मानिएका बालमन्दीर, राजरंगशाला, बहिरा बालक स्कुल लगायतका संरचनाको अस्तित्व संकटमा परेकोे भन्दै उक्त ऐतिहासिक महत्वका धरोहरहरुको संरक्षण गर्न आफु लागि परेको जानकारी दिए ।

उनले जनता संग प्रत्यक्ष रुपमा जुडने गरी आपूm निती र कार्यक्रम बनाएर अघि बढेको र यस कार्यमा सबैको सहयोग र साथ पाएर सफल हुने विश्वास ब्यक्त गरे ।

सप्तरीमा स्थानीय प्रशासनको व्यवहार प्रति यहाँका पत्रकारहरु आन्दोलित भएको प्रसंग कोट्याउँदै उनले भएका गल्ती कमजोरी सच्याउँदै पत्रकारहरु समेतको समन्वयमा काम गर्न स्थानीय प्रशासनलाई सुझाव समेत दिए ।

उक्त कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुको मानव अधिकार तथा जिवनस्तरमा सुधार ल्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गरे वापत पत्रकार मनोज कुमार माझी सहित पाँच जनालाई मन्त्री यादवले कदर पत्रबाट सम्मान गरेका छन् ।

सम्मानित हुनेहरुमा पत्रकार माझीका साथै राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झा, बौद्धिक अपाङ्गता महासंघका राष्ट्रिय अध्यक्ष शिव श्रेष्ठ र बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु वस्नेत छन् ।

बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद अर्यालको अध्यक्षतामा आयोजित साधराण सभामा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु वस्नेत, बौद्धिक अपाङ्गता महासंघका राष्ट्रिय अध्यक्ष शिव श्रेष्ठ, समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झा, बौद्धिक अपाङ्गता संघ सप्तरीका अध्यक्ष सुजित कुमार झा, राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, पत्रकार मनोहर कुमार पोखरेल लगायतले पनि बोल्दै बौद्धिक अपाङ्गता भएका ब्यक्तीको क्षमता विकासका लागी सरकारले विभिन्न निती र योजना ल्याउनु पर्नेमा जोड दिए ।

आरती मण्डलद्वारा संचालित साधारण सभामा संस्थाका सचिव राधाकान्त झाले सांगठनिक तथा कोषाध्यक्ष विमला परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]