१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ढोका खोलिए, पूर्वपश्चिम राजमार्ग बन्द

५६ वटै ढोका खोलिएको यो तेस्रोपटक, २५ वर्षपछि यति उच्च बहाव
Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

सप्तरी,२९ साउन। कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्।

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ।

बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्।

आज (सोमबार) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ।

कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो। कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]