१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जनमत पनि सरकारमा, अनिता देवीले लिइन् शपथ

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]