१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

धनुषामा विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

जनकपुरधाम ,२९ साउन । धनुषामा नेपाली कांग्रेस,नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरू जनमत पार्टिमा प्रवेश गरेका छन् ।

सोमबार जनमत पार्टीको जनकपुरधामस्थित रहेको सचिवालयमा एक कार्यक्रमबीच नेकपा एमाले हंसपुर नगरपालिका-८ का वडासचिव राकेश कुमार मण्डल,लोसपाका नेता शत्रुधन अधिकारी,नेपाली कांग्रेसका नेता लक्ष्मी कुमार यादव,मिथिला विहारी नगरपालिकाका युवा नेता श्यामकुमार यादवलगाईत विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गरेका हुन्।

नवप्रवेशी नेताकार्यकर्ताहरूलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज सुरेन्द्र कुमार मण्डलले अबिरको टिका लगाउदैँ पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेको हो ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य सत्यनारायण खंग ,केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डल,युवा जनमत संघ धनुषा अध्यक्ष देव महरा,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव,पार्टिका नेता साबिर हुसेनसहितका नेताको उपस्थितीमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]