०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रदेश २ मा क्रिकेट संघको कार्यसमिति गठन

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो।

महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार महासेठलाई चयन गरेको छ भने सचिवमा सप्तरीका आयुष श्रेष्ठलाई चयन गरिएको छ। त्यस्तै कोषाध्यक्षमा रौतहटका पवन कुमार गुप्तालाई चयन गरिएको छ।

त्यस्तै सदस्यहरुमा धनुषाका अकाश पाण्डे , पर्साका डा. हरिशंकर प्रसाद साह, मुर्तुजा हवारी, सिराहाका अनिल कुमार शर्मा, महोत्तरीका सुनिल कुमार साह, रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, बाराका सुभास जयसवाल छन्।

यसअघि शनिवार उद्घाटन सत्रमा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले खेल र खेलाडीको नामले कुनै बेला परिचय बनाउन सफल रहेको प्रदेश २ मा अहिले खेलाड़ी र खेल हराएकोप्रति चिन्ता व्यक्त गरेका थिए।

नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख झाले कुनै बेला राष्ट्रिय रुपमा पहिलो कप्तानको रुपमा उत्तम कर्माचार्य यसै प्रदेशको खेलाड़ी रहेको र क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिनिधित्व गरेको इतिहासलाई उनले सम्झिए।

उपप्रमुख झाले अहिले प्रदेश २ दैवी प्रकोपको चपेटामा परेको भन्दै खेतीयोग्य जमिन मात्र नभई थुप्रै स्थानमा खेलकूद मैदानसमेत बाढिले बगाएको दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]