२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

प्रदेश २ मा क्रिकेट संघको कार्यसमिति गठन

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो।

महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार महासेठलाई चयन गरेको छ भने सचिवमा सप्तरीका आयुष श्रेष्ठलाई चयन गरिएको छ। त्यस्तै कोषाध्यक्षमा रौतहटका पवन कुमार गुप्तालाई चयन गरिएको छ।

त्यस्तै सदस्यहरुमा धनुषाका अकाश पाण्डे , पर्साका डा. हरिशंकर प्रसाद साह, मुर्तुजा हवारी, सिराहाका अनिल कुमार शर्मा, महोत्तरीका सुनिल कुमार साह, रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, बाराका सुभास जयसवाल छन्।

यसअघि शनिवार उद्घाटन सत्रमा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले खेल र खेलाडीको नामले कुनै बेला परिचय बनाउन सफल रहेको प्रदेश २ मा अहिले खेलाड़ी र खेल हराएकोप्रति चिन्ता व्यक्त गरेका थिए।

नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख झाले कुनै बेला राष्ट्रिय रुपमा पहिलो कप्तानको रुपमा उत्तम कर्माचार्य यसै प्रदेशको खेलाड़ी रहेको र क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिनिधित्व गरेको इतिहासलाई उनले सम्झिए।

उपप्रमुख झाले अहिले प्रदेश २ दैवी प्रकोपको चपेटामा परेको भन्दै खेतीयोग्य जमिन मात्र नभई थुप्रै स्थानमा खेलकूद मैदानसमेत बाढिले बगाएको दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]