११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

जनकपुरमा भारतिय महावाणिज्य दुतावास खोल्न आवश्यक : अध्यक्ष यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

जनकपुरधाम,२९ साउन।नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि भारतिय महावाणिज्य दूतावास खोल्न आवश्यकता रहेको बताएको छ।

सोमबार जनकपुरधामको रामानन्द चौकस्थित नेपाल भारत मैत्री युवा संघको केन्द्रिय कार्यसमितिले आयोजना गरेको मित्र राष्ट्र भारतको मंगलवार मनाइने ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका अध्यक्ष यादवले यस्तो बताएका हुन।

अध्यक्ष यादवले भारत सरकारसंग तिनवटा माग राखेको छ। उनले पहिलो मांग जनकपुरधाममा भारतिय दुतावासको थप एक काउन्सलर अफिस दोस्रो मांग नेपालको सवारी साधन निशुल्क र सहज रुपमा भारत प्रवेशको अवसर र तेस्रो मांग भारत सरकारले मधेश प्रदेशको प्रदेशसभा आफ्नै गृह नरहेकोले अनुदानमा बनाइदिनसमेत माग गरेका छ्न ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री आदित्यनाथ योगी जीको मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगमन भइसकेकोले यहाँ पर्यटनको चाप अत्यधिक रहेकोले भारतिय दुतावासको काउन्सलर कार्यालय अतिनै आवश्यकता रहेको अध्यक्ष यादवले भने।

सो कार्यक्रममा मधेश प्रदेशका सांसद जंगीलाल राय, शेषनारायण यादव, अन्जना पण्डित, संघका केन्द्रिय सदस्य जिवनाथ चौधरी, पत्रकार श्यामसुन्दर शशी,संघका धनुषा अध्यक्ष बजरंग यादव, उपाध्यक्ष बिष्णुदेव साह, जगदिश महासेठ सहितका वक्ताहरुले पनि नेपाल भारत मित्रताको बर्णन गर्दै दुई देशको सम्बन्ध बिगार्न केही राजनीति दलका नेताहरूले धेरै प्रयास गरेपनि उक्त सम्बन्ध यहाँको जनताले बचाएर राखेको वक्ताहरुको भनाई थियो।

उक्त कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरुकोसमेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]