०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमतको ‘एप्रुभल रेटिङ’मा २१ जनप्रतिनिधि पास, एक जना फेल

Logo
अनिल यादव प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं ,२९ साउन। जनमत पार्टीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि गराएको ‘एप्रुभल रेटिङ’को नतिजा सार्वजनिक भएको छ।

जनमतले पार्टी विधानमा रहेको ‘राइट टू रिकल’को व्यवस्था कार्यान्वयन गर्न २७ साउनमा विभिन्न सात जिल्लामा रहेका आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ’ मतदान गराएको थियो।

स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरे/नगरेको मूल्यांकन गर्न मतदान गराएकोमा २२ जनप्रतिनिधि अनुमोदित भएका छन्। एक जनप्रतिनिधिको विपक्षमा बढी मत परेको छ।

जनमतका राष्ट्रिय सचिव बिपी साहले मतदानबाट पालिका तथा वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ नतिजाअनुसार २१ जनप्रतिनिधिको पक्षमा बढी मत आएको जानकारी दिए। सिराहा कल्याणपुर नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार यादवको भने विपक्षमा मत आएको उनले बताए।

अर्थात्, जनमत पार्टीका कार्यकर्ताले २१ जनप्रतिनिधिको कामलाई अनुमोदन गरेका छन् भने एक जनप्रतिनिधिलाई फेल गरेका छन्।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित जनप्रतिधिको मूल्यांकन गर्न सम्बन्धित पालिकाका पार्टी सदस्यले मतदान गरेको सचिव साहले जानकारी दिए।

यादवलाई खसेको कुल २४२ मतमध्ये १०३ मत पक्षमा र १३५ मत विपक्षमा आएको उनले बताए। तर, धेरै खराब रेटिङ नभएकाले यादवलाई पहिलोपटक नसियत दिने र विशेष स्पष्टीकरण सोध्ने सचिव साहको भनाइ छ।

‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले भने।

जनमतले अब प्रदेश सांसदको ‘एप्रुभल रेटिङ’ गर्दै छ। जनमतबाट निर्वाचित सबै प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रमा राम्रो काम गरे/नगरेको, जनतामाझ भिज्न सके/नसकेको मूल्यांकन गर्न २ भदौमा ‘एप्रुभल रेटिङ’ गरिने जनमत पार्टीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]