१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्रधानमन्त्री प्रचण्ड असोज ४ गते चीन जाँदै

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौं,३० साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लागेका दाहालले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरूको बैठकको अध्यक्षता गर्नेछन् ।

सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]