१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

वडाध्यक्षमाथि कुटपिट गर्ने ७ जनालाई एमालेको कारबाही

Logo
भवानी भट्ट प्रकाशित मंगलबार, साउन ३०, २०८०

कञ्चनपुर ,३० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि आक्रमण गर्ने ७ जनालाई नेकपा एमाले जिल्ला कमिटीले कारबाही गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले आक्रमणमा संलग्न ७ जनालाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमणमा संलग्न रहेको भन्दै कमल रोकाया, रमेश भट्ट, केशव चन्द, प्रबिन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

शनिबार युवा संघको अधिवेशनका क्रममा विवाद हुँदा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमण भएको थियो ।

सख्त घाइते भएका देवकोटाको महेन्द्रनगरमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो । धनगढीबाट पनि रिफर गरेर अहिले काठमाडौंमा उनको उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]