०१ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ‘ननग्रेडेड’

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौँ,३० साउन। कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् ।

तर, गत वर्षको नतिजाको तुलनामा यस वर्ष ननग्रेडेड हुने विद्यार्थी २.८१ प्रतिशतले घटेको छ । गतवर्ष १ लाख ८८ हजार ४ सय १० विद्यार्थीको एनजी आएको थियो । अर्थात् ५१.९० प्रतिशत विद्यार्थीको एनजी आएको थियो ।

यस्तै यसवर्ष ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार कूल परीक्षार्थीमध्ये करिव १.८७ प्रतिशत विद्यार्थीले उक्त जिपीए ल्याएका हुन् ।

गत साल ४ हजार १ सय ७९ परीक्षार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका थिए ।

यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउन विद्यार्थी ३८ हजार ९ सय ९९ रहेका छन् । यो कूल परीक्षार्थीमध्ये १०.४७ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]