०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ‘ननग्रेडेड’

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौँ,३० साउन। कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् ।

तर, गत वर्षको नतिजाको तुलनामा यस वर्ष ननग्रेडेड हुने विद्यार्थी २.८१ प्रतिशतले घटेको छ । गतवर्ष १ लाख ८८ हजार ४ सय १० विद्यार्थीको एनजी आएको थियो । अर्थात् ५१.९० प्रतिशत विद्यार्थीको एनजी आएको थियो ।

यस्तै यसवर्ष ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार कूल परीक्षार्थीमध्ये करिव १.८७ प्रतिशत विद्यार्थीले उक्त जिपीए ल्याएका हुन् ।

गत साल ४ हजार १ सय ७९ परीक्षार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका थिए ।

यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउन विद्यार्थी ३८ हजार ९ सय ९९ रहेका छन् । यो कूल परीक्षार्थीमध्ये १०.४७ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]