२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनकपुरधाममा आरती र कविताको ह*त्या*विरुद्व युवाहरुको प्रदर्शन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३२, २०८०

जनकपुरधाम ,३२ साउन। आरती साह र कबिता यादवको हत्याविरुद्ध आज युवाहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

पीडितलाई न्याय दिन प्रशासन आलटाल गरिरहेको भन्दै विभिन्न दलका युवाहरु आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मनिष ठाकुरको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुले आरती र कविताको हत्यारालाई कडा कारबाही गर, पीडितलाई न्याय देउ, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

जनकपुरधाम ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या दाईजोको निहुँमा उनकै श्रीमान र ससुराले गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता माइती पक्षले गराएका छन् ।

मृतक आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहलाई अदालतले पूर्वपक्षका लागि जेल चलान गरेको छ । तर प्रहरी अधिकारीले आर्थिक प्रलोभनमा परेर मुद्दा कमजोर पार्न खोजेको भन्दै माइती पक्ष दुई महिनादेखि काठमाडौंमा आन्दोलनरत छन् ।

लामो समयदेखि आरतीको माइती पक्षले आन्दोलन गर्दा पनि सरकार बेवास्ता गरेको र प्रहरी उल्टै दमन गरेपछि जनकपुरधामका युवाहरु प्रदर्शनमा उत्रेका हुन् ।

महोत्तरीकी कविताको पनि दाइजोकै निहुंमा हत्या भएको माइती पक्षले आरोप लगाएको छ । उक्त घटनामा पनि संलग्नलाई कडा कारबाही गर्नुपर्ने युवाहरुले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]