१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

सदनको अवरोध हटाउने प्रधानमन्त्री र सभामुखबीच छलफल

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं,१ भाद्र । संघीय संसद्‌मा जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दैछन्।

सभामुखले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा भेटेर संसद्‌मा जारी अवरोध र त्यसको समाधानका विषयमा छलफल गर्न लागेका हुन्। २ नेताबीच शुक्रबार बिहान ९ बजेपछि भेटवार्ता गर्ने तय भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर भित्रिएको तस्करीको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा अवरोध पुर्‍याउँदै आएको छ।

एमालेको अवरोधका कारण साउन १० गते यता दुवै सदनका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्।

पछिल्लो समय सदनमा एमालेले गरिरहेको अवरोधसँग सभामुख घिमिरेको भूमिकालाई लिएर समेत प्रश्न उठ्ने गरेको छ। संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख घिमिरेको भूमिका निष्पक्ष नभएको र उनले दलीय (एमालेप्रति) पक्षधरता देखाएको भन्दै सार्वजनिक असन्तुष्टि जाहेर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]