२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

धनुषामा प्रहरीद्धारा हवाई फायर

Logo
प्रकाशित मंगलबार, भाद्र १७, २०७६

जनकपुरधाम।धनुषाको मुखियापट्टी मुसहरनियामा मोटरसाइकल चोरलाई समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी उसलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ ।

त्यसक्रममा स्थानीय र प्रहरी बिच केहीबेर सामान्य झडप समेत भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले चोरलाई भगाउन स्थानीयहरु प्रहरीमाथिनै हातपातमा उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गर्नुपरेको बताए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आएपनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएकोले चोरको पहिचान खुल्न नसकेको जानकारी दिए ।

चोर र उसलाई भगाउने व्यक्तिहरूको पनि खोजी जारी रहेको उपरीक्षक खनालले बताए । स्थितीलाई नियन्त्रणमा लिन अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।-टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]