३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

बलान बिहुलमामा पशु अस्पतालको शिलान्यास

Logo
लोकेन्द्र प्रसाद यादव प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

बोदे बर्साईन(सप्तरी)। सप्तरीको बलान बिहुल गाउँपालिका- १ मलहनियाँमा १२ कोठे पशु अस्पताल भवनको शिलान्यास गरिएको छ ।

पालिका अध्यक्ष खेमचन्द्र यादवले उक्त भवनको शुक्रबार शिलान्यास गरेको छ । बलान बिहुल गाउँपालिकाले ‘ ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना , आर्थिक कोरिडोर कार्यालय बर्दिवासको कार्यक्रम’ अन्तर्गत पशु अस्पतालको शिलान्यास गरेको हो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले तोकिएको समयभित्र भवन निर्माण सम्पन्न गरी पालिकाका किसानले प्रत्यक्ष लाभ लिन विश्वास व्यक्त गरे ।

२ करोड ३५ लाख ८५ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसयैतका अनुसार यो निर्माणाधीन पशु अस्पताल निर्माण यहि वर्ष सम्पन्न हुनेछ । पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा संचालनमा ल्याउन बताउनु भयो ।

बलान बिहुलले सुरु गरेको पशु अस्पताल बनेपछि बलान बिहुल सहित सुरुङ्गा नगरपालिका, बोदे बर्साईन नगरपालिका स्थानीय पशुपालका किसानले लाभ लिने बताएको छ ।

पशु अस्पताल निर्माण कार्यको ठेक्का आशिष पृथ्वीभी जे.भी काठमाण्डौले पाएको छ । वि.सं. २०८० जठ २८ गते सम्झौता अनुसार २०८१ असार १७ गते सम्मा भवनको निर्माण कार्य सकाई गाउँपालिकालाई हस्तान्तर गर्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]