३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

जनमतमा युवाहरुको आकर्षण, दर्जनौं युवाहरु जनमत प्रवेश

Logo
मनोज मोरबैता प्रकाशित शनिबार, भाद्र ०२, २०८०

काठमाडौं ,२ साउन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढेसँगै औपचारिक रुपमा पार्टी प्रवेश गर्ने लहरनै चलेको छ।

पार्टी केन्द्रीय कार्यालय बुद्धनगर शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कास्की ,प्युठान ,डोल्पा,पर्सा,सप्तरी र सिरहा जिल्लाका दर्जनौं युवाहरु जनमत पार्टी प्रवेश गर्नुभएको छ।

नवप्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष डा.सीके राउतले खादा टीका लगाउँदै उनिहरुलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो ।

विभिन्न पार्टी परित्याग गर्दै जनमत प्रवेश गर्ने युवाहरुमा पर्सा जिल्ला निवासी एम कुमार सराफ, कास्की निवासी देवी सुनार, प्युठान निवासी राम कुमार सुनार,डोल्पा निवासी मन बहादुर सार्की, सप्तरी निवासी कृष्णा यादव,सिरहा निवासी सुरज कुमार यादवलगाइत दर्जनौं युवा नेताहरुले जनमत पार्टीमा प्रवेश गरिएको जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]